रामचन्द्र न्यौपाने
डोल्पाको मुड्केचुला गाउँपालिकास्थित इलमा निर्माण हुन लागेको एक सय छ मेघावाटको जगदुल्ला अर्धजलाशययुक्त जलविद्युत आयोजनामा चार अर्ब लगानी हुने भएको छ।
नेपाल सरकारको स्वामित्व रहेको हाइड्रोइलेक्ट्रोसिटी इन्भेष्टमेन्ट एण्ड डेभलोमेन्ट कम्पनी लिमिटेड काठमाडाैँले कर्जा स्वरुप चार अर्ब लगानी गर्ने भएको हो।
उर्जा मन्त्रालयका सहसचिव सन्दिप कुमार देव र प्रमुख कार्यकारी अधिकृत अर्जुन कुमार गौतमले जगदुल्ला अर्धजलाशययुक्त जलविद्युत आयोजनाका प्रमुख कार्यकारी अधिकृत सञ्जय सापकोटालाई सहमति अनुसार ऋणपत्र हस्तान्तरण गरेका हुन्।
डोल्पाको भविष्यको रुपमा रहेको आयोजना निर्माणका लागि कुल २३ अर्ब लाग्ने अनुमान गरिएको छ।
प्रमुख कार्यकारी अधिकृत सापकोटाका अनुसार यस आयोजनामा नेपाल इन्फ्रास्टक्चर बैंकको नेतृत्वमा नविल बैंक, एभ्रेष्ट बैंकलगायतको सह वित्तीयकरण फर्म भएर लगानी गर्नेछन्।
यस आयोजनाले दुर्गम जिल्ला डोल्पा जोड्ने भेरी करीडोर सडकको स्तरउन्नतीसँगै सञ्चारको विकासमा ठुलो टेवा पुर्याउने विश्वास रहेको सापकोटाले बताए।
सापकोटका अनुसार आयोजना निर्माणका लागि कर्णाली प्रदेश सरकारले ३५ करोड ७५ लाख स्किृत गरेकोमा अहिलेसम्म सत्र अर्ब ७५ करोड आइसको छ।

पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
जमुना आले मगर: खेलाडीको सपना टुट्दा जन्मिएकी रेफ्री !
अकबरे खुर्सानीले फेरिएको भोजपुर: रित्तिएका गाउँमा फर्किएको जीवन
स्विडेनलाई ५ गोल गर्दै विश्वकपमा नेदरल्यान्ड्सको दाबेदारी
प्रदीप ज्ञवालीलाई महासचिव नबनाएकोमा गुण्डुमा ओलीको ‘पछुतो’
नीतिगतले छेक्न नसकेको ‘लुट’
एक्सट्रिम इनर्जी ड्रिंक: आकर्षक विज्ञापनभित्र लुकेको गम्भीर स्वास्थ्य जोखिम !
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया