जगदुल्ला हाइड्रो पावरलाई चार अर्ब दिने निर्णय

डोल्पाको मुड्केचुला गाउँपालिकास्थित इलमा निर्माण हुन लागेको एक सय छ मेघावाटको जगदुल्ला अर्धजलाशययुक्त जलविद्युत आयोजनामा चार अर्ब लगानी हुने भएको छ।

नेपाल सरकारको स्वामित्व रहेको हाइड्रोइलेक्ट्रोसिटी इन्भेष्टमेन्ट एण्ड डेभलोमेन्ट कम्पनी लिमिटेड काठमाडाैँले कर्जा स्वरुप चार अर्ब लगानी गर्ने भएको हो।

उर्जा मन्त्रालयका सहसचिव सन्दिप कुमार देव र प्रमुख कार्यकारी अधिकृत अर्जुन कुमार गौतमले जगदुल्ला अर्धजलाशययुक्त जलविद्युत आयोजनाका प्रमुख कार्यकारी अधिकृत सञ्जय सापकोटालाई सहमति अनुसार ऋणपत्र हस्तान्तरण गरेका हुन्।

डोल्पाको भविष्यको रुपमा रहेको आयोजना निर्माणका लागि कुल २३ अर्ब लाग्ने अनुमान गरिएको छ।

प्रमुख कार्यकारी अधिकृत सापकोटाका अनुसार यस आयोजनामा नेपाल इन्फ्रास्टक्चर बैंकको नेतृत्वमा नविल बैंक, एभ्रेष्ट बैंकलगायतको सह वित्तीयकरण फर्म भएर लगानी गर्नेछन्।

यस आयोजनाले दुर्गम जिल्ला डोल्पा जोड्ने भेरी करीडोर सडकको स्तरउन्नतीसँगै सञ्चारको विकासमा ठुलो टेवा पुर्याउने विश्वास रहेको सापकोटाले बताए।

सापकोटका अनुसार आयोजना निर्माणका लागि कर्णाली प्रदेश सरकारले ३५ करोड ७५ लाख स्किृत गरेकोमा अहिलेसम्म सत्र अर्ब ७५ करोड आइसको छ।

प्रकाशित मिति: : 2023-08-27 18:28:00

प्रतिकृया दिनुहोस्