सरकारी जागिरे कांग्रेस कार्यालयका सचिव, हाजिरै नगरी नियमित कर्मचारीभन्दा बढी तलब

लोकान्तर

काठमाडौं

देशकै सबैभन्दा पुरानो, ठूलो र प्रजातान्त्रिक दल नेपाली कांग्रेस केन्द्रीय कार्यालयको अवस्था भद्रगोल छ। बेथितिका चाङमाथि कांग्रेस केन्द्रीय कार्यालय चलिरहेको छ। लगातार ३३ वर्षदेखि काम गर्दै आएका सचिवभन्दा कार्यालय नै नआई हाजिर गरेर मात्रै तलब खाने सचिवले बढी रकम बुझ्छन्।

कांग्रेस केन्द्रीय कार्यालयमा मुख्य सचिव कृष्णप्रसाद पौडेलबाहेक ५ जना सचिव छन्। पौडेल राष्ट्रियसभा सदस्य भएकोले उतैबाट तलब बुझे पनि दोहोरो भूमिकामा निभाइरहेका छन्। मुख्यसचिवपछिको वरीयतामा प्रदीप पराजुलीको नाम छ। पार्टीको अभिलेख तयार पार्ने उनलाई नियमित कार्यालय आउनुपर्दैन। कार्यालय नआइकनै उनले तलब बुझ्दै आएका छन्। 

प्रकाशित मिति: : 2023-08-25 13:43:00

प्रतिकृया दिनुहोस्