जुम्लाको पातरासीमा बाढी आउँदा एक महिला बेपत्ता 

जुम्लाकाे पातारासी गाउँपालिका- ५ काे माथि लाेर्पामा बाढीले बगाउँदा एक महिला बेपत्ता भएकी छन्।

माथि लाेर्पकाे घट्टेखाेलामा आएकाे बाढीले ३५ वर्षीया पन्निकली बुढा बेपत्ता भएकी छन्।

घट्ट पिस्न गएकाे बेला आएकाे बाढीले बुढा बेपत्ता भएकाे डिल्लीचाैर प्रहरी चाैकि इन्चार्ज बुद्धि साउदले जानकारी दिए।

उनकाअनुसार बाढीले पाँच वटा घट्टसमेत बगाएकाे छ।

प्रकाशित मिति: : 2023-08-21 19:24:00

प्रतिकृया दिनुहोस्