बिएल संवाददाता
भक्तपुरमा रहेको बालसुधार गृहबाट २०० बढी बालबालिका भागेका छन्। सोमबार दिउँसो सुधा गृहको ढोका फोडेर बालबालिका भागेका हुन्।
सानोठिमीस्थित बालसुधार गृहमा २९८ जना बालबालिका राखिएकोमा भित्र ६८ जनामात्र रहेको र अन्य भागेको भक्तपुरका सहायक प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले जानकारी दिए।
उनकाअनुसार भागेका केही प्रहरीको सम्पर्कमा आइसकेको र बाँकीको पनि खोजी भइरहेको छ। निरौलाले भक्तपुर, ललितपुर र काठमाडौँका तीन वटै जिल्लाको नाका बन्द गरेर भागेकाहरुको खोजीकार्य भइरहेको बताए।
आइतबार उक्त सुधारमा गृहमा रहेका एक बालकको मृत्यु भएको थियो। बालकको मृत्युपछि आइतबार उनका आफन्तले गेटबाहिर प्रदर्शन गरेका थिए।
त्यही समयमा सुधारगृहभित्र रहेका बालबालिकाले पनि ढोका फोडर भागेका हुन्।
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया