हिमाचल प्रदेशमा बाढीका कारण मृत्यु हुनेको संख्या ५० पुग्यो

बिएल संवाददाता

नयाँदिल्ली

भारतको उत्तरी पहाडी राज्य हिमाचल प्रदेशमा वर्षाका कारण मृत्यु हुनेको संख्या ५० पुगेको छ।

राज्यका मुख्यमन्त्री सुखविन्दर सिंह सुखुले सोमबार जनाएअनुसार वर्षा प्रभावित क्षेत्रमा अझै कैयौँ व्यक्ति फसेको र मृतकको सङ्ख्या अझै बढ्न सक्ने देखिन्छ।

राज्यका विभिन्न भागमा अविरल वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमानका कारण राज्य सरकारले सबै विद्यालय, कलेज र अन्य शैक्षिक संस्थाहरू बन्द गर्न आदेश दिएको छ।

भारतीय मौसम विज्ञान विभाग (आईएमडी)ले राज्यमा मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको जनाएको छ।

राज्य आपत्कालीन सञ्चालन केन्द्रका अनुसार राज्यमा सात सय ५२ सडक बन्द गरिएको छ।

प्रकाशित मिति: : 2023-08-15 05:25:00

प्रतिकृया दिनुहोस्