म्यान्मारको तटीय क्षेत्रमा डुङ्गा पल्टिँदा कम्तीमा १७ जनाको मृत्यु

बङ्गालको खाडीमा डुङ्गा पल्टिँदा पश्चिम म्यान्मारको रखाइन राज्यको किनारमा १७ जनाको शव फेला परेको श्वे याउङ मित्तर फाउन्डेसनका सरकारी अधिकारी यार लाले बताएका छन्। 

डुङ्गामा कम्तीमा ५५ जना सवार थिए र तीमध्ये आठ जनाको उद्धार गरिएको उनले बताएका हुन्।

खोजी तथा उद्धार कार्य जारी रहने  बताइएको छ।

प्रकाशित मिति: : 2023-08-11 06:10:00

प्रतिकृया दिनुहोस्