नेकपा एमालेले फेरि संसद अवरुद्ध गरेको छ। सरकारले जवाफ दिने र संसद खुलाउने सहमतिपछि मंगलबार संसद सुरुचारु भएको थियो।
यसअघि १०० केजी बढी सुन बरामद प्रकरणमा एमालेले संसद अवरुद्ध गर्दै आएको थियो। मंगलबार तीन दलको सहमतिपछि संसद खुलाउने सहमति भएको थियो।
संसदमा प्रतिपक्ष–सत्तापक्ष सबै दलका सांसदले आ–आफ्नो भनाइ राखेपछि गृहमन्त्री नारायणकाजी श्रेष्ठले जवाफ दिएका थिए।
तर गृहमन्त्रीको जवाफ चित्तबुझ्दो नरहेको भन्दै एमालेले संसद अवरुद्ध गरेको छ। एमालेको संसद अवरुद्धपछि संसद बैठक बुधबार १ बजेसम्मका लागि स्थगित भएको छ।