आइतबार, २६ अक्टोबर २०२५

कीर्तिमानी पर्वतारोहीलाई विमानस्थलमा भव्य स्वागत

News Image
• • •

तीन महिनामा १४ हिमाल चढेर विश्वकीर्तिमान कायम गर्ने दुई पर्वतारोहीलाई आज (शनिबार) त्रिभुवन अन्तरर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरिएको छ।

नर्वेकी आरोही क्रिस्टिन हरिला र संखुवाशभाका नेपाली माउन्टेन गाइड तेन्जेन (लामा) शेर्पाले गत जुलाई २७ मा विश्वको दोस्रो अग्लो केटु हिमालको आरोहण गरेका थिए। पाकिस्तानस्थित ५ वटा ८ हजार मिटरका आरोहणपछि नेपाल फर्कने क्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुशीला सिर्पाली ठकुरीलगायत विभिन्न संघ संस्थाले विमानस्थलमा भव्य स्वागत गरेका थिए।

उनीहरुसँगै १७ वर्ष उमेरमा पाकिस्तानका पाँच वटै हिमाल हिमाल चढेर १७ वर्ष उमेरमै कीर्तिमान राखेका निमा रिन्जिन शेर्पालगायत एकै परिवारका ४ जना शेर्पा र अन्य आरोहिलाई पनि स्वागत गरेको थिए। रिन्जिनले यसअघि नेपालको मनास्लु, सगरमाथा र ल्होत्से चढिसकेका छन।

विमानस्थलमा पर्यटन मन्त्रालय, पर्यटन विभाग, नेपाल पर्वतारोहण संघ, ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान), नेपाल पर्वतीय पथ प्रदर्शक संघ (मोगान), शेर्पा किदुक संघ, मकालु युवा संघलगायत दर्जनौँ संघ संस्था एवम् पर्यटन व्यवासायी र आरोहीहरुको विमानस्थलमा उल्लेख्य उपस्थित थियो।

कीर्तिमानी आरोहीहरुको स्वागतमा विमानस्थलमा सांस्कृतिक बाजागाजासहित भव्य स्वागत गरिएको थियो। नेपाल पर्वतारोहण संघका अध्यक्ष निमा नुरु शेर्पाले नेपाली र विदेशी आरोहीहरुले हासिल गरेको उपलब्धीले नेपालको हिमाली पर्यटनलाई विश्वसामु प्रवर्द्धन गरेको बताए। ‘यो विश्व कीर्तिमान हामी सबै नेपाली र नेपालको गर्व हो,’ शेर्पाले भने।

त्यस्तै नेपाली पर्वतीय पथ प्रदर्शकका अध्यक्ष सन्जीव गुरुङले आरोहण क्षेत्रमा शेर्पाहरु विश्व प्रख्यात रहेको बताए। तेन्जिङ नोर्गेका शेर्पाको पालादेखि हालसम्म ८ हजारमाथिका हिमालहरु नेपाली माउन्टेन गाइडहरुको सहयोगमा आरोहण गरिरहेको छ। उनीहरुले कामको सिलसिलामा अनगिन्ति विश्व रेकर्डहरु नेपाली पर्वतीय पथ प्रदर्शकहरुले कायाम गरेका छन् र नेपाल र नेपालीहरुलाई विश्वसामु परिचित गराउँदै नेपालको शिर उच्च राखेका छन। तर, नेपाल सरकारले भने उनीहरुलाई आधिकारिक परिचयपत्र पनि दिन नसकेको गुरुङले गुनासो गरेका छन।

२०७७ सालमा नेपाल सरकारले प्रदान गरेको परिचयपत्र पनि सिमित ब्यक्तिको स्वर्थको कारण विगत ३ वर्षदेखि सर्वोच्च अदलतको आन्तरिम आदेशले रोकेका छन। नेपाल सरकार, सरोकारवाला तथा सम्बन्धित संघ संस्थाहरुले यसको महत्व नबुझ्दा विश्व प्रख्यात पर्वतीय पथ प्रदर्शक (माउन्टेन गाइड तथा आरोही)हरु सुनिश्चित भविष्यको लागि विदेश पलायन हुन बाध्य भएका छन।

एकदिन स्वागत मात्र गरेर पर्वतीय पथ प्रदर्शक (माउन्टेन गाइड)हरुको मान सम्मान तथा भविष्य सुनिश्चि नहुने भएकोले नेपाल सरकार, सरोकारवाला तथा सम्बन्धित निकायहरुले बेलैमा सोच्नसमेत उनले आग्रह गरे।


तस्बिरहरु :

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!