मेथीको अचार, पराठा, साग, मसाला यी सबै परिकार शारीरिक स्वास्थका लागि एकदमै फाइदाजनक मानिन्छ। याेसँगै मेथीको अर्को एउटा फाइदा पनि रहेको छ, जुनबाट तपाईँ अनविज्ञ रहनुभएको हुनसक्छ।
मेथीले तपाईंको छालाको सौन्दर्यतालाई निखार्न निकै ठूलो सहयोग पुर्याउँछ। त्यसैले आउनुहोस्, चर्चा गरौं मेथीको प्रयोग गर्दा हुने फाइदाबारे–
मेथीको दानाले अनुहारको गम्भीर समस्या जस्तै चाउरी, कालो दाग, धर्का, संक्रमण आदिबाट छालाको रक्षा गर्नका साथै यसले पुराना छालाका समस्याबाट पनि छुटकारा दिलाउँछ। यसले छालामा निखार र चमक पनि ल्याउने काम गर्छ।
मेथीको पातमा सौन्दर्यवर्धक गुण रहेको हुन्छ जसले छाला सम्बन्धि सम्पूर्ण विकारलाई हटाएर चमक ल्याउँछ।
मेथीको दानाले अनुहारमा आउने खील भएको डण्डीफोरलाई रोक्न मद्दत गर्छ। यसबाहेक यसले अनुहारमा रहेका डण्डीफोर वा आगोले पोलेको घाउको दागलाई पनि हटाउन मद्दत पुर्याउँछ।
यसका लागि सबैभन्दा पहिले मेथीको फेस प्याक तयार गर्नुपर्छ। मेथीको फेस प्याक बनाउनका लागि त्यसको दानाको पीठो बनाएर त्यसलाई महसँग मिसाएर राख्नुपर्छ। रातको समय सुत्ने क्रममा लगाएर सुत्दा बिहान उठेर मुख धुँदा डण्डीफोर हराएर जान्छ। केहि समयसम्म यस प्रक्रियालाई दोहोराउनुपर्छ।