मोगानले पर्वतीय पर्यटन श्रमिकलाई मोबाइल फोटोग्राफी तालिम दिने

पर्वतीय पथ प्रदर्शक नेपाल (मोगानले) पर्वतीय पर्यटन मजदुरलाई तीन दिने मोबाइल फोटोग्राफी तालिम दिने भएको छ। तालिमको मुख्य उद्देश्य पर्वतीय पर्यटन क्षेत्रमा कार्यरत श्रमिकहरुको स्किल विकासकाे लागि भएकाे माेगानले जनाएकाे छ।

‘हामी पर्यटक लिएर नेपालको विभिन्न हिमाली र पहाडी भेगमा पुगेका हुन्छौँ। त्यहाँका भूगोल, मानिसको जनजीवन र संस्कृतिक आकर्षक ढङ्गले कसरी खिच्ने भन्ने आधरभूत तालिम दिन लागिएको हो,’ मोगानका महासचिव रामकाजी तिवारी ‘प्रयास’ले भने। पर्यटन प्रवर्द्धनकाे लागि फाेटाे सशक्त माध्यम भएकाेले मजदुरहरुमा यसकाे ज्ञान हुनु आवश्यक ठानेर तालिम सञ्चालन गर्न लागिएकाे उनले बताए।

सन् २०२१ मा स्थापना भएको मोगान नेपाली पर्वतीय पथ प्रदर्शकहरुको साझा संस्था हो। यसको मुख्य उद्देश्य मोगान पर्वतीय पर्यटन क्षेत्रका पथ प्रदर्शक तथा श्रमिकहरुको हक/हितको लागि आवज उठाउनुको साथै पर्वतारोहण तालिम गर्न नेपाल सरकार तथा विभिन्न सरोकारवालासँग सहकार्य गर्नु हो।

संस्थाको स्थापना कालदेखि पर्वतीय पर्यटन क्षेत्रमा कार्यरत श्रमिकहरुको हक/हितबारे मोगानले आवाज उठाउँदै आइरहेको छ।

मोगानको आयोजनमा नेपाल पर्यटन बोर्डको आर्थिक सहयोगमा करिब ६० जनालाई नि:शुल्क तालिम प्रदान गरिनेछ।

तालिम लिन इच्छुक पर्वतीय पर्यटन क्षेत्रमा कार्यरत व्यक्तिहरूले तुरुन्त सम्पर्क गर्न अह्वान गरिएको छ। फाराम अनलाइनमार्फत् फारम भर्न सकिनेछ।

सम्पर्क: सञ्जीव गुरुङ– ९८४११९०८८१, रामकाजी तिवारी ‘प्रयास’– ९८५१३१६१५४

स्थान: नेपाल पर्यटन बोर्ड हल, भृकुटीमण्डप

तालिम मिति: साउन १९ देखि २१ सम्म (अगस्ट ४ देखि ६ तारिख)

अनलाइन फारम भर्न:Mobile Photography training Form (jotform.com)

प्रकाशित मिति: : 2023-08-01 10:04:00

प्रतिकृया दिनुहोस्