पाकिस्तानमा भएको आत्मघाती बम आक्रमणको निन्दा

संयुक्त अरब इमिरेट्स (यूएई) ले पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा भएको आतंकवादी आक्रमणको निन्दा गरेको छ।

परराष्ट्र मन्त्रालयले आज एक विज्ञप्ति जारी गरी मानवीय मूल्य र सिद्धान्तहरूको उल्लंघन हुने आपराधिक गतिविधिका साथै सबै प्रकारका हिंसा र आतंकवादको यूएई निन्दा गर्दछ भनेको छ

 मन्त्रालयले पाकिस्तान सरकार र जनताप्रति गहिरो समवेदना एवम् सहानुभूति प्रकट गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।

आइतबार खैबर पख्तुनख्वामा जमियत उलेमा–ए–इस्लाम–फजल राजनीतिक दलका समर्थकहरूको राजनीतिक भेलामा आत्मघाती बम आक्रमणकारी हुँदा ५४ जनाको मृत्यु भएको छ। रासस/सिन्ह्वा

प्रकाशित मिति: : 2023-08-01 05:37:00

प्रतिकृया दिनुहोस्