सावरी दुर्घटनामा २८९ जनाको मृत्यु

दाङमा सवारी दुर्घटना बढ्दै गएको छ। बर्सेनि सयौँ संख्यामा सवारी दुर्घटना हुँदा ठुलो मानवीय तथा भौतिक क्षति हुने गरेको छ।

सवारी दुर्घटना न्यूनीकरणका लागि सचेतनाका कार्यक्रम भइरहन्छन्। तर सचेतना कार्यक्रमको खास उपलब्धि कतै देखिँदैन। बितेको चार वर्षमा सवारी दुर्घटनमा परी २ सय ९८ जनाको मृत्यु भएको छ।

आर्थिक वर्ष २०७६/०७७ मा २ सय ५५ सवारी दुर्घटना भए। उक्त दुर्घटनामा परी ७१ जनाको मृत्यु भयो। २ सय ३४ जना गम्भीर र १ सय ११ जना सामान्य घाइते भए।

यस्तै आव २०७७/०७८ मा २ सय ८९ सवारी दुर्घटना हुँदा ७७ जनाको मृत्यु भयो। जसमा २ सय ३३ जना घम्भीर घाइते हुँदा १ सय ३९ जना सामान्य घाइते भए।

आव २०७८/०७९ मा २ सय ८२ सवारी दुर्घटना भए। जसमा ९५ जनाको मृत्यु भयो। सोही दुर्घटनामा परी १ सय ९५ जना गम्भिर र १ सय ४० जना सामान्य घाइते भए।

आव २०७९/०८० मा १ सय ९४ सवारी दुर्घटना भए। जसमा ५५ जनाको मृत्यु भयो। १ सय ४८ जना गम्भीर र १ सय १२ जना सामान्य घाइते भए।

पछिल्लो आव २०७८/०७९ को तुलनामा २०७९/०८० मा भने मृत्यु हुनेको संख्या झण्डै आधाले घटेको छ।

ट्राफिक कार्यालय दाङका प्रमुख किरण प्रकाश मल्लले सडकको बिग्रँदो अवस्था, भौगोलिक विकटता, चालकको लापरबाही, यात्रु र यान्त्रिक गड्बडीलगायतका कारणले सवारी दुर्घटनामा बर्सेनि मानवीय तथा भौतिक क्षति हुने गरेको बताए।

प्रकाशित मिति: : 2023-07-29 12:49:00

प्रतिकृया दिनुहोस्