कोशी प्रदेशमा नयाँ सरकार गठनका लागि आह्वान

File Photo
File Photo

कोशी प्रदेश प्रमुख परशुराम खापुङले नयाँ सरकार गठनका लागि आह्वान गरेका छन्।

संविधानको धारा १६८(२) बमोजिम साउन १६ गते अपराह्न ५ बजेभित्र सरकार गठन गर्न प्रमुख खापुङले आह्वान गरेका हुन्।

प्रदेश प्रमुख खापुङले दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्नेलाई मुख्यमन्त्रीमा नियुक्ति गर्नका लागि दाबी पेश गर्न आह्वान गरेका हुन्।

‘कोशी प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुई भन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने कोशी प्रदेशसभाकाे सदस्यलाई कोशी प्रदेशको मुख्यमन्त्री नियुक्ति गरी कोशी प्रदेश सरकार गठन गर्ने प्रयाेजनका लागि मिति २०८० साउन १६  गते मंगलबार अपरान्ह ५ बजेभित्र आफ्नाे दाबी पेस गर्न काेशी प्रदेशका माननीय प्रदेश प्रमुख परशुराम खापुङज्यूले आह्वान गर्नुभएको छ,’ प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता नरेन्द्रकुमार श्रेष्ठले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

गत असार २१ मा भएको कोशी प्रदेश सरकारको मुख्यमन्त्री नियुक्ति तथा सरकार गठनविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको थियो। रिटमाथिको सुनुवाई गर्दै सर्वोच्च अदालतले साउन ११ को पूर्ण इजलाशबाट जनु विन्दुबाट संविधानको प्रयोग र पालनमा त्रुटि भएको हो सोही अवस्थाबाट संविधानसम्मत् तवरले सरकार गठनको प्रक्रिया अगाडि बढाउन आदेश दिएको थियो। 

प्रकाशित मिति: : 2023-07-28 14:10:00

प्रतिकृया दिनुहोस्