पालिकाहरूमा लेनदेन र शक्तिको लडाइँ : प्रमुख–उपप्रमुख ‘पानी बाराबार’

लोकान्तर

प्रकाश आचार्य

कार्यकाल शुरू गरेको ६ महिनादेखि नै कपिलवस्तुको शुद्धोधन गाउँपालिकाका अध्यक्ष कमलेश शरण चौधरी र उपाध्यक्ष होमप्रकाश चौधरी (कुर्मी) बीच बोलचाल बन्द हुन पुग्यो ।

स्थानीय सरकारमा सत्तासीन अध्यक्ष र उपाध्यक्षको ‘पानीबाराबर’को व्यवहारले पालिकाको विकास, योजना निर्माणदेखि सबै काम ठप्प भएको छ ।

अध्यक्ष र उपाध्यक्षको द्वन्द्वले आर्थिक वर्ष २०८०/०८१ को बजेट समेत पालिकाले अझै ल्याउन सकेको छैन । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बाट निर्वाचित अध्यक्ष कमलेशले अफूलाई कमजोर बनाउन खोजेको भन्दै उपाध्यक्ष होमप्रकाश आक्रोशित छन् ।

प्रकाशित मिति: : 2023-07-23 18:51:00

प्रतिकृया दिनुहोस्