राजु श्रेष्ठको काँधमा एनआरएनए बहराइनको नेतृत्व

गैरआवासीय नेपाली संघ (एनआरएनए) बहराइनमा नेतृत्वको जिम्मेवारी राजु श्रेष्ठले पाएका छन्।

शुुक्रबार रामीरोज होटलमा सम्पन्न महाधिवेशनले श्रेष्ठसहित सिंगो कार्यसमिति निर्विरोध चयन गरेको निर्वाचन समितिका संयोजक कमल श्रेष्ठले जानकारी दिए।

बहराइनबाट आइसीसी सदस्यमा विरेन्द्र बुढाथोकीलाई पठाइएको छ। यस्तै, अधिवेशनले वरिष्ठ उपाध्यक्षमा तिर्थ बहादुर भण्डारीलाई चयन गरेको छ।

भावना आचार्य, सन्त कुमार न्यौपाने उपाध्यक्षमा चयन भएका छन्। महिला उपाध्यक्षको जिम्मेवारी सुसिला खत्रीले पाएकी छिन्।

यसैगरी, महासचिवमा संगिता खत्री,सचिवमा भुवन बिमली, सहसचिवमा कृष्ण प्रसाद गैरे, कोषाध्यक्षमा दिपक कुमार कर्ण र सहकोषाध्यक्षमा वासुदेव प्याकुरेल चयन भएका छन्।

त्यस्तै, महिला संंयोजकमा पवित्रा श्रेष्ठ, युवा संयोजकमा अमृत देवकोटा, पर्यटन संयोजकमा अच्युत राज तिम्लसिना र खेलकुद संयोजकमाशिव विक चुनिएका छन्। महिला सदस्यमा अमृता सामेखम चयन भएकी छिन्।

कार्यसमित सदस्यहरूमा लक्ष्मी नारायण श्रेष्ठ, लक्ष्मण विक, अनन्त अर्याल, विशाल खरेल, राम प्रसाद पुडासैनी, टेकमान विक र गणेश बहादुर थापा निर्वाचित भएका छन्।

प्रकाशित मिति: : 2023-07-22 12:35:00

प्रतिकृया दिनुहोस्