बिएल संवाददाता
ताताेपानी गाउँपालिकाले विषयगत शाखासँग कार्यसम्पादन सम्झाैता गरेकाे छ। आर्थिक वर्ष २०७९/०८० मा कार्यसम्पादन सम्झाैता गरेर अगाडि बढेकाे तातोपानी गाउँपालिकाले आ.व २०८०/०८१ काे लागि पनि साेही कार्यलाई निरन्तरता दिएकाे हाे।
सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ तथा नियमावली, २०६५, निजामति सेवा ऐन, २०४९ तथा नियमावली २०५०, स्थानीय सरकार सञ्चालन ऐन, २०७४ सवै नेपाल सरकारद्वारा समय समयमा जारी निर्देशन एवं परिपत्रमा उल्लेखित प्रावधानका आधारमा कार्यसम्पादन सम्झाैता गरिएकाे हाे।
उक्त प्रावधानअनुसार पालिका अध्यक्षले प्रमुख प्रशासकीय अधिकृत र प्रमुख प्रशासकीय अधिकृतले विषयगत शाखाका प्रमुखसँग कार्यसम्पादन सम्झाैता गरिएकाे तातोपानी गाउँपालिकाका अध्यक्ष नन्द प्रसाद चाैलागाईंले बताए।
'कार्य सम्पादन करार सम्झौताले तातोपानीलाई लयमा लिन सजिलाे भएकाे छ,' उनले भने, 'हामी यसरी नै अगाडि बढ्ने र परिणाम निकाल्ने तयारीमा छाैँ।'
उनले पालिकाका प्रमुख प्रशासकीय अधिकृत तिर्थ कठायतसँग १८ बुँदाकाे सम्झाैता गरेका छन् भने प्रमुख प्रशासकीय अधिकृतले सबै विषयगत शाखा प्रमुखसँग कार्यसम्पादन सम्झाैता गरेका छन्।
अघिल्लो वर्ष गरिएकाे कार्यसम्पादन सम्झाैताले छिटपुटबाहेक राम्राे नतिजा दिन सकेकाे प्रमुख प्रशासकीय अधिकृत कठायतले बताए।
'केही विषयगत शाखा र केही सीमित याेजनाबाहेक सबै ठाउँमा लक्ष्य अनुरुप काम अगाडि बढ्याे,' उनले भने, 'तातोपानीले परिणाममुखी कामका लागि कार्यसम्पादन सम्झाैतालाई निरन्तरता दिएकाे छ।'


संक्रमणकालीन न्यायः नयाँ सरकार, पुरानो समस्या, दुखिरहने द्वन्द्वको घाउ
दीपक भट्टसँग शेखर गोल्छाको पनि कनेक्सन, अनुसन्धान ‘प्रभावित’ पार्न राजनीतिक लबिङमा
बालेनको अबको ‘लेन’!
आमाको मुख हेर्ने दिनः स्वर्गवासी आमाको सम्झना
अदालतको निर्णयपछि एक हुन्छ कांग्रेस?
‘समस्या नेता मात्र होइन, नागरिक संस्कार पनि हो’
बालेन सरकारबाट जनतामा संशय पैदा हुने काम नहोस्
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया