बलिउडकी फिट अभिनेत्रीमध्येकी एक हुन्, जैकलिन फर्नान्डी। श्रीलंकाकी उनी ‘श्रीलंका यूनिवर्स’ भइसकेकी छिन्। आफ्नो सुन्दरता र अभिनयको कारण सधैं चर्चामा छाइरहेकी छिन्। तर आकर्षक अनुहार र अभिनयले मात्र होइन उनी आफ्नो फिटनेशको कारण पनि चर्चित छिन्। आफ्नो फिटनेशको कारण उनी आफूले गर्ने वर्कआउट र डाइट प्लान बताउँछिन्।
जैकलिनको वर्कआउट प्लान
आफ्नो सुन्दरतालाई कायम राख्नका लागि उनी आफ्नो डाइट प्लान र वर्कआउटलाई समावेश गपिर्छन्। उनी आफ्नो हेल्थको धेरै ख्याल राख्छिन्, जसकारण उनी सधैं जवान र फिट देखिन्छिन्। त्यसैले आज हामी चर्चा गर्नेछौँ, जैकलिन फर्नान्डीको डायट र वर्कआउटबारे–
जैकलिन योगा गर्न रुचाउँछिन्। सोसल मिडियामा अक्सर उनी आफ्नो दिनचर्याको बारेमा बताइरहन्छिन्। बिहान उठेर व्यायाम गर्नु उनको मुख्य उद्देश्य हो। उनको सबैभन्दा मनपर्ने योगा, सूर्य नमस्कार हो। जब उनीसँग वर्कआउट गर्ने समय हुँदैन तब उनी तीस पटक सूर्य नमस्कार गर्छिन्।
जैकलिनको पिलाटे एक्सरसाइज
उनी पिलाटे एक्सरसाइज गर्छिन्। जसले उनको सबै मांसपेशिहरू स्ट्रेच गर्छ। यसले शरीर ललिचो, बलियो र सन्तुलन हुन्छ।
स्ट्रेचिङ उनको वर्कआउटको हिस्सा हो। आफूले गरेको एक्सरसाइजको कारण फिट रहेकी उनी सबैलाई एक्सरसाइज गर्न लगाउँछिन्।
जैकलिनको वर्कआउट टिप्स
उनी दिनको चार घण्टा वर्कआउट गर्छिन्। उनको फिटनेश प्लानको सातामा तीन दिन योगा र अन्य दिन व्यायाम पर्छ। वर्कआउट गर्नाले स्वस्थ्य, अनुशासित, खुसी र आत्मविश्वास बढ्छ।