अफगानी छात्राद्वारा तालिबानलाई विश्वविद्यालयको प्रवेश परीक्षामा सहभागी हुन अनुमति दिन आग्रह

Photo: Agency
Photo: Agency

अफगानस्तानमा १२औँ कक्षाको परीक्षा उत्तीर्ण गरेका महिला विद्यार्थीहरूले विश्वविद्यालय प्रवेश (कनकोर) परीक्षामा भाग लिन चाहेको बताएका छन्। अफगानिस्तानमा आधारित टोलो न्युजअनुसार उनीहरूले तालिबानलाई  केटाहरूजस्तै भाग लिन अनुमति दिन आग्रह गरेका छन्।

प्रवेश परीक्षा फारम भर्न आफ्नो विद्यालय गएकी सहारले बताइन्। तर, उनलाई प्रवेश परीक्षाको परिचयपत्र दिइएन।

अर्की स्नातक विद्यार्थी जाहराले टोलो न्युजअनुसार विद्यालयले उनीहरूलाई कानकोर परीक्षा फारम नदिएको बताइन्।

सहरले भनिन्, ‘यस वर्ष हामी हाम्रा विद्यालयमा प्रवेश परीक्षा फारम लिन गएका थियौँ तर महिला विद्यार्थीको प्रवेश परीक्षा लिनेबारे उच्च शिक्षा विभागबाट अहिलेसम्म कुनै जानकारी नदिएको उनीहरूले बताए।’

जाहराले भनिन्, ‘जब हामी स्कुल गयौँ, उनीहरूले हामीलाई कानकोर परीक्षा फारम लिन दिएनन् र केटीहरूको प्रवेश परीक्षाको बारेमा अझै केही स्पष्ट नभएको बताइन।’

यसैबीच केही महिला विद्यार्थीहरूले तालिबानलाई उनीहरूका लागि विद्यालय र विश्वविद्यालयहरू फेरि खोल्न आग्रह गरे।

तालिबानले नियुक्त गरेको राष्ट्रिय परीक्षा प्राधिकरणले उनीहरूले देशभरका १५०,००० विद्यार्थीहरूलाई कानकोर प्रवेश फारम वितरण गरेको बताएको छ। तर, विद्यार्थीको नाम भने उल्लेख गरिएको छैन।

तालिवान नेतृत्वको राष्ट्रिय परीक्षा प्राधिकरणले यस वर्षको प्रवेश परीक्षा पाँच राउण्डमा हुने जनाएको छ। यसैबीच, अफगानिस्तानमा संयुक्त राष्ट्र सहायता मिशनले एउटा नयाँ रिपोर्टमा तालिवानले महिला र केटीहरूको अधिकारमा प्रतिबन्ध लगाउन जारी राखेको अफगानिस्तानमा रहेको टोलो न्युजले जनाएको छ। मेदेखि जुनसम्मको अवधिलाई समेट्ने सात पृष्ठको प्रतिवेदनले तालिबानले महिलामाथि लगाएको प्रतिबन्धलाई उजागर गरेको छ।

यसले थप भन्यो कि यो कदम पहिलेको प्रतिबन्धबाहेक महिलाहरूलाई मेडिकल स्कुलबाट बाहिरिने परीक्षामा उपस्थित हुनबाट रोक्नको लागि आएको हो।

प्रकाशित मिति: : 2023-07-20 08:51:00

प्रतिकृया दिनुहोस्