आठ वटा मोटर ठोक्किँदा आठ जनाको मृत्यु

उत्तरपूर्वी चीनको गान्सु प्रान्तस्थित द्रुतमार्गमा आज बिहान पाँच वटा मोटरकार र तीन वटा ट्रक एकआपसमा ठोक्किँदा आठ जनाको मत्यु भएको छ भने पाँच जना गम्भीर घाइते भएका छन्।

झाङ्गे शहरको सान्दन काउन्टीमा आज बिहान ११ बजे भएको उक्त दुर्घटनामा सबै आठ जनाको घटनास्थलमा नै मृत्यु भएको प्रान्तीय आपत्कालीन कार्यालयले जनाएको छ।

घाइतेहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ।

उद्धारका काम पनि पूरा भएका छन्।

– एजेन्सी

प्रकाशित मिति: : 2023-07-17 17:39:00

प्रतिकृया दिनुहोस्