बलिउडकी अभिनेत्री शिल्पा शेट्टी फिट छिन्। जसको कारण हो, डाइट र योगा। उनी आफ्नो शरीरको भरपूर्ण ख्याल राख्छिन्। उनलाई थाहा छ कि के खाने र कतिबेला खाने भनेर। तर उनी बहिनी शमिता शेट्टी पनि उत्तिकै फिट छिन्। तर उनी शिल्पाभन्दा विपरीत छिन्। त्यसैले आज हामी चर्चा गर्नेछौँ शमिताको फिटनेश टिप्सबारे–
बिहानको वर्कआउट हुन्छ सकारात्मक ऊर्जा दिने–
उनी आफ्नो दिदी शिल्पा शेट्टी जस्तो वर्कआउट गर्दिनन्। उनका अनुसार वर्कआउट गर्ने उनको छुट्टै स्टाइल छ। एउटा राम्रो किक–बक्सर उनी आफ्नो हड्डीलाई स्ट्रग बनाउनका लागि पनि वेट ट्रेनिङ गर्छिन्।
बिहानै वर्कआउट गर्न रुचाउने शमिता त्यसले पोजेटिभ ऊर्जा दिने गरेको बताउँछिन्। यसो गर्नाले दिन खुसीसँग बित्छ।
शिल्पा जस्तो डाइट गर्न सक्दिनन्–
शमिताले भने अनुसार उनी शिल्पाजस्तो डाइट गर्न सक्दिनन्। एकबारको जुनीमा सबै खानेकुरा खानुपर्छ तर दिनहुँ वर्कआउट भने गर्नेपर्छ। उनी भन्छिन्, ‘आफ्नो शरीरको ख्याल राख्नुपर्छ तर धेरै जंग फूड खानु हुँदैन।’
उनलाई चकलेट खान मनपर्छ। त्यसैले उनी जतिखेर मनलाग्यो त्यतिखेरै चकलेट खान्छिन्।
‘म सबैकुरा खान्छु र पसिना बगाउन जिम जान्छु’ उनले बताएकी थिइन्।
प्रत्येक तीन घण्टा केही खानुपर्छ–
‘जब म शुटिङमा हुन्छु तब मसँग एक जना मान्छे हुन्छन्। जो मलाई मेरो खाने समयबारे जानकारी गराइदिन्छ। म पनि याद राख्छु कि हर तीन घण्टामा केही खाम। केही छैन भने म हाथमा केही ड्राई फूड्स खान्छु’ उनी भन्छिन्, ‘यसो गर्नाले अनुहारमा चमक आउनेछ।’
शमिताको वर्कआउट टिप्स–
उनको अनुसार सिँढीमा चढ्ने झर्ने गरेपनि वर्कआउट हन्छ। सिँढी चढ्नाले धेरै फाइदा हुन्छ। जो मान्छे डेस्कमा बसेर काम गर्छन् उनीहृरूलाई शमिता थोरै समयको लागि भएपनि उठ्न लगाउँछिन्। यसो गर्नाले सुस्त हट्नका साथै शरीरलाई मुभमेन्ट पनि मिल्नेछ।