नेपाल स्की संघको आइतबार बसेको पाँचौं साधारण सभाले जीवनराम श्रेष्ठको अध्यक्षतामा १९ सदस्यीय कार्यसमिति चयन गरेको छ।
विजेश्वरीको वज्र होटलमा भएको साधारण सभाले सर्वसम्मत निर्विरोध नयाँ कार्यसमिति गठन गरेको हो। संघको उपाध्यक्षमा राजाबाबु श्रेष्ठ, शम्भु लामा, माधव अर्याल र रमा भट्टराई छन्।
यस्तै महासविच विजय श्रेष्ठ, सचिवमा वसन्त कार्की र शान्तामाया परियार कोषाध्यक्षमा जितेन्द्र श्रेष्ठ छन्।
सदस्यहरूमा अर्जुन महर्जन, कृपा श्रेष्ठ, लामाकाजी शेर्पा, रुक्मती जागरी, नाम्ग्या ग्याल्जेन वाङ्दी गुरुङ, टासी ग्याल्जेन शेर्पा, वीरबहादुर रावल भोटे, ज्ञानेन्द्रकुमार श्रेष्ठ, फुन्जो लामा र भाईकृष्ण वलामी छन्।
त्यस अवसरमा नेपाल ओलम्पिक कमिटीका अध्यक्ष समेत रहेका श्रेष्ठले अबको दिन संघले थप कार्यक्रम गर्ने र नेपालमा स्की आयोजनाका सम्भावित नयाँ स्थानको खोजी गर्ने बताए।
त्यस अगाडि आयोजित उद्घाटन सत्रमा प्रमुख अतिथिका रूपमा राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङको प्रमुख अतिथिको शुभकामना व्यक्त गरे।
यस्तै नेपाल ओलम्पिक कमिटीका महासचिव निलेन्द्रराज श्रेष्ठले पनि शुभकामना व्यक्त गरे। कमिटीकै उपाध्यक्ष तथा कार्यकारी निर्देशक चतुरानन्दराज बैद्य तथा संघहरूका तर्फबाट नेपाल पौडी संघका अशोक वज्राचार्यले नयाँ कार्यसमितिको सफलताको कामना गरेका थिए। परिषदको प्रतिनिधित्व गर्दै डोल्मा लामा श्रेष्ठ कार्यक्रममा उपस्थिति थिए।
संघको निर्वाचन प्रक्रिया प्रमुख अधिकृत वसन्तबहादुर वस्नेतसँगै निर्वाचन अधिकृत डोल्मा लामा र ज्ञानेन्द्र श्रेष्ठले सञ्चालन गरेका थिए।
संघले राष्ट्रिय खेलकुद परिषदसँगको समन्वयमा नयाँ खेलकुद ऐन अन्तर्गत संघको स्वायत्तताको मूल सिद्धान्त अनुसार नयाँ कार्यसमिति चयन गरेको हो। यस्तै संघका ३३ प्रतिशत महिला प्रतिनिधित्वको व्यवस्था पनि लागू गरिएको छ।