दीलिप वान्तावाको ‘ताल्चा’ सिटी म्याक्समा चर्चा

कथाकार दीलिप वान्तावाको कृति ताल्चामाथि परिचर्चा कार्यक्रम सम्पन्न भएको छ। 

शनिबार काठमाडौँमा सम्भव समूहको आयोजनामा कवि स्वप्निल स्मृति, कथाकार प्रगती राई र बिना थिङ तामाङले टिप्पणी गरेका थिए भने सुरज रानाले सहजीकरण गरेका हुन्।

ताल्चा कृतिभित्र आलोचनात्मक यथार्थको कथाहरु समावेश भएको बिना थिङले टिप्पणी गरेकी थिइन्। स्वप्निल स्मृतिले उत्कृष्ट कथ्य र शिल्पमा लेखिएको बिरलै राम्रो पुस्तममध्ये ताल्चा एक भएको र यसमा माझ किँरातको खास कथा लेखिएको बताएका थिए।

स्मृतिले पहिचान र आन्चलिकता लेखनलाई बढावा दिएको विचार व्यक्त गरे। त्यसैगरी प्रगती राइले कृतिले उत्पीडित समुदायको कथाहरु दुरुस्तै उतारेको टिप्पणी गरेकी थिइन्।

बागबजारको सिटी म्याक्सको हलमा सम्पन्न भएको उक्त कार्यक्रममा प्राज्ञ सदस्य चन्द्र रानाहाँछा, कवि राबत, केसब सिलवाल, राजु स्याङ्तान, मुक्तान थेबा, अन्जना इछमफुल, मन्जुल मितेरी, पत्रकार तथा कवि सीता तुम्खेवा लगायतका व्यक्तित्वहरुको उपस्थिति थियो।

प्रकाशित मिति: : 2023-07-16 14:38:00

प्रतिकृया दिनुहोस्