एनआरएनए कतारकाे नेतृत्वमा रमेश भट्टकाे उम्मेदवारी

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् (एनआरएनए र एनसीसी)  कतारको नेतृत्वमा रमेश भट्टले उम्मेदवारी घोषणा गरेका छन्।

भट्टले सामाजि सञ्जालमार्फत आगामी कार्यकालका लागी अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन्।

एनआरएनए कतारको दशौँ राष्ट्रिय महाधिवेशन ३० जुलाइमा हुँदैछ भने कार्यसमिति चयनका लागि निर्वाचन २१ जुलाइमा हुने तालिका छ।भट्टले कतारमा कार्यरत नेपालीहरूको समस्यालाई मध्यनजर गर्दै उनीहरूको लागि कार्ययोजना ल्याउने बताएका छन्।

‘वैदेशिक रोजगारीका लागि कतारमा आएका नेपाली कामदारका समस्या न्यूनीकरण गर्न प्रयत्न गर्नेछु,’ उनले चुनावी एजेण्डामा भनेका छन्, ‘दूतावाससँग समन्वय गरेर संघको श्रमिक विभागलाई थप प्रभावकारी बनाउँछु।’

भट्टले जारी गरेकोे चुनावी घोषणा कतारमामा नेपाली संस्कृतिको संरक्षणलगायतका एजेण्डाहरू प्राथामिकतामा छन्। उनले श्रमिक कल्याणकारी कोषका विषयमा सचेतना अभियान सञ्चालन गर्ने पनि प्रतिबद्धता जनाएका छन्।

यस्तै, एनसीसी कतारका हरेक गतिविधिलाई मासिक र आर्थिक प्रतिवेदन त्रैमासिक रुपमा सार्वजनिक गर्ने उनको भनाइ छ। कतारका नेपालीलाई आइपर्ने कानुनी झन्झट समाधान गर्न कार्यक्रम पनि सञ्चालन गर्नेपनि उनको योजना छ।

प्रकाशित मिति: : 2023-07-15 18:44:00

प्रतिकृया दिनुहोस्