'भेट्दिनँ कि भनेर दौडिँदै आएकी, जे होस् भेट भयो' गीता बैनीले भनिन् । 'तिमीलाई जाऊँ भनेर ढिलो गर्दै चिया पिइरहेको छु, नत्र कहाँ भेट हुन्थ्यो र' मैले भनेँ ।
चिया पिइसकेर हामी उठ्यौँ । झोला बोक्यौँ । हिँड्ने तयारी गर्दै मैले गीता बैनी र सरोज भाइसँग दह्रो हात मिलाउँदै बिदाइका लागि अनुमति मागेँ ।