हिन्दु परम्पराअनुसार सीताको दाहसंस्कार, प्रचण्डले दिए दागबत्ती

शनि शाक्य

काठमाडौं

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहालको हिन्दु परम्पराअनुसार दाहसंस्कार गरिएकाे छ।

बुधबार दिउँसो सीताको पशुपति आर्यघाटमा हिन्दु परम्पराअनुसार दाहसंस्कार गरिएको हो। सीताको पार्थिव शरीरमा उनका पति प्रचण्डले दागबत्ती दिएका छन्। 

सीताको आज (बुधबार) बिहान ८ बजेर ३३ मिनेटमा नर्भिक अस्पतालमा मृत्यु भएको थियो।

प्रकाशित मिति: : 2023-07-12 15:09:00

प्रतिकृया दिनुहोस्