बिएल संवाददाता
राष्ट्रिय स्वतन्त्र पार्टी सुदूरपश्चिमको आसन्न प्रदेश अधिवेशनमा सहमहामन्त्री तथा संगठन विभाग प्रमुख करिश्मा कठरियाले प्रदेश सभापतिमा उम्मेदवारी दिने भएकी छन्।
सांसदसमेत रहेकी कठरियासँग विगत २ वर्षदेखि रास्वपाको सुदूरपश्चिम प्रदेश संगठनमा काम गरेको अनुभव रहेको छ।
नागरिक उन्मुक्ति र थारुवान थरुहटका नेतृत्वसहित हजारौं थारु समुदायलाई पार्टीमा समावेश गर्न महत्वपूर्ण भूमिका खेलेकी कठरियाले सुदूरपश्चिममा रास्वपालाई १० सिट जिताउन पनि महत्वपूर्ण भूमिका खेलेकी थिइन्।
प्रदेशको मुख्य नेतृत्वमा सक्षम महिला, जनजति, थारु समुदायको प्रतिनिधित्व र परिवर्तनका लागि आफ्नो उम्मेदवारी रहेको उनको दाबी छ। समावेशी प्रतिनिधित्व नरहने र समायोजनलाई स्थान नदिने देखिएपछि कठरियाले आफ्नो उम्मेदवारी दिएको बताएकी छन्।
उनले आफू सक्षम उम्मेदवार भएको दाबी गरेकी छन्। ७ प्रदेशमध्ये कम्तिमा एउटा प्रदेशमा पार्टीको नेतृत्व महिलाले पाउनुपर्ने उनको दाबी छ।
‘समावेशी र थारुको प्रतिनिधित्व सम्बन्धमा मात्रै गरेर हुँदैन, व्यवहारमा लागू गर्न मेरो उम्मेदवारी हो,’ उनले भनिन्, ‘थारुको नेता हूँ भन्ने थारुको मत बेच्ने प्रवृत्तिका विरुद्ध मेरो उम्मेदवारी हो।’
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
अझै पनि सपना जस्तै लाग्छः बाबाको सम्झना
एनटीभीको स्याटेलाइट लिंक खरिद प्रकरणः पीएसबीका पूर्वअध्यक्ष विष्टलाई मुख्य दोषी ठहर गर्दै प्रतिवेदन तयार!
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
अकबरे खुर्सानीले फेरिएको भोजपुर: रित्तिएका गाउँमा फर्किएको जीवन
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया