आईएससँग सम्बन्ध रहेको आशङ्कामा बाइस जना पक्राउ

टर्किएले इस्लामिक स्टेट (आईएस)सँग सम्बन्ध रहेको आशङ्कामा २२ जना विदेशी नागरिकलाई पक्राउ गरेको छ।

आतङ्कवादविरोधी अभियानका क्रममा उनीहरूलाई पक्राउ गरिएको समाचार समिति अनादोलुले जनाएको हाे। 

प्रहरीले आईएससँग कथित सम्बन्ध रहेका २७ संदिग्धलाई पक्राउ गर्न अभियान सञ्चालन  गरेको थियो।

अनादोलुले सुरक्षा स्रोतलाई उद्धृत गर्दै बाँकी संदिग्धहरूको खोजी जारी रहने बताएको छ। 

सन् २०१३ मा टर्किएले आईएसलाई आतङ्कवादी समूह घोषणा गरेको हो। त्यसयता देशका धेरै सहरमा सुरक्षा बलले खोजी अभियान सञ्चालन गर्दैआएको छ।

साथै उक्त आईएसका संदिग्ध सदस्यहरूलाई नियमितरूपमा गिरफ्तार गरी र हिरासतमा राख्दै आएको छ।

प्रकाशित मिति: : 2023-07-11 05:31:00

प्रतिकृया दिनुहोस्