रविन पुन मगर (आइडु)
काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)को ‘एक्सन’पछि घरभित्र ढल भेटिएको छ। काठमाडौं–७ कालोपुलस्थित सिफल पनिका टोलको गल्लीस्थित एउटा घरभित्र ढल भेटिएको हो।
सोमबार काठमाडौं महानगरको प्रहरी टोलीले घरभित्र उत्खनन गर्दा ढल भेटाएकाे हाे। ढल खाेलिएपछि पनिका टोलमा दुर्गन्ध फैलिएको छ।
घरभित्र ढल भएपनि उक्त जमिन व्यक्तिको नाममा रहेको छ। जग्गाधनी सत्यनारायण थापाले त्यहाँ बस्नकाे लागि टहराे पनि बनाएका छन्।
ढलमाथि घर बनाएपछि सत्यनारायणकी आमा भवानी थापाविरुद्ध बस्तीका मानिसहरूले उच्च अदालतमा मुद्दा दायर गरेका छन्। मुद्दा विचाराधीन अवस्थामा छ।
सत्यनारायण थापा वैदेशिक रोजगारमा रहेको स्थानीयहरूले बताएका छन्। ढल निकासको लागि अघिल्ला मेयर विद्यासुन्दर शाक्यकै पालामा निर्देशन दिइएकाे थियाे। तर त्यतिखेर काम नभएको स्थानीयले बताएका छन्।




समथर मधेसबाट सिंहदरवारको अग्लो उडानमा गगन
अमेरिकामा नेपाली विद्यार्थी घटेर ३३,७३५ मा सिमीत
बालेनलाई ढाल बनाएर ओलीलाई रविको ‘चेकमेट’
भाद्र २३ गराएर २४ मा देश जलाउने आधार बनाउनेलाई दण्डित गर्नैपर्छ
जनताले प्रदेश सभामै अस्वीकार गरेका ललितजंगलाई पार्टीले पुर्यायो राष्ट्रिय सभा
‘बौद्ध दर्शन प्रवर्द्धन तथा गुम्बा विकास समिति’को अध्यक्षमा निग्मा कुन्क्याप नियुक्त, को हुन् उनी?
अमेरिकी भिसा लिन २१ लाख ६० हजार रुपैयाँसम्म धरौटी !
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया