कांग्रेस पार्टी भनेको ‘लूटको दोकान’ र ‘झूटको बजार’ हो!

‘भारतीय राष्ट्रिय कांग्रेस’ र ‘आजाद भारत’पछि एक समय एकछत्र राज्यसत्ता चलाएको ‘गान्धी परिवार’सँग आजीवन रिसाएका छन्, नरेन्द्र मोदी।

‘हिन्दू राष्ट्रवाद’काे खोल ओढेर भारतीय रंगमञ्चमा उदाएका उनी बीजेपीका ‘सुप्रिमो’ र देशका लोकप्रिय प्रधानमन्त्री हुन्।

रोचक त के छ भने, उनी सत्ता सम्हाल्नुअघि पनि त्यही ‘कांग्रेस–गान्धी परिवार’लाई सराप्थे र सत्ताको नेतृत्व गर्दापनि उस्तै छ मोदीशैली।

प्रधानमन्त्री मोदीले शनिबार राजस्थानमा आयोजित एक समारोहमा भने– कांग्रेस पार्टी भनेको ‘लूटको दोकान’ र ‘झूटको बजार’ हो! जब भ्रष्टाचार, अपराध र तुष्टिकरणको राजनीतिको सन्दर्भ चल्छ, त्यहाँ गान्धी परिवारले नयाँ पहिचान बनाइरहेको हुन्छ।

प्रधानमन्त्री मोदीले उस्तै शैलीमा अघि थपे– जनताको उत्साहले बताइरहेको छ, देशमा मौसमको तापक्रम मात्र बढिरहेको छैन, कांग्रेसले सरकार चलाइरहेका राज्यका मानिसहरूको ताप पनि बढिरहेको छ। तापक्रम कम गर्ने शक्तिको जरुरत छ, त्यो भारतीय जनता पार्टी हो।

प्रधानमन्त्री मोदी जहाँ पुग्छन्, त्यहाँ उत्साहजनक र अराजक भीड उर्लिएकै हुन्छ। उनी भीडको मानसिकता बुझेरै समर्थकहरूलाई नयाँनयाँ मसला दिइरहन्छन्।

‘कांग्रेस पार्टीको एउटै मतलब छ... लूटको दोकान र झूटको बजार,’ उनले भने।

कांग्रेस नेता तथा ‘गान्धी परिवार’का नातिपुस्ता राहुल गान्धीलाई गाली गरेर कहिल्यै थाक्दैनन्, मोदी।

राहुलको समर्थक खिन्चे नयाँ सूत्र छ, मोदीले हुर्काइरहेको ‘दूषित राजनीति’ उनकै शैलीमा सफा गर्ने। राहुल भन्छन्, ‘घृणको बजारमा प्रेमको दोकान’। तर मोदीले उस्तै शैलीमा कांग्रेस र राहुललाई जवाफ फर्काएका छन्।

प्रकाशित मिति: : 2023-07-10 07:37:00

प्रतिकृया दिनुहोस्