बलिउडकी कयौँ अभिनेत्री आफ्नो फिटनेशको कारण निकै चर्चित छिन्। जो आफ्नो उमेरभन्दा पनि कम देखिन्छिन्। तीनै अभिनेत्रीमध्येकी एक हुन्, ‘राकुलप्रित सिंह’।
उनी आफ्नो फिगरको मामलामा निकै ध्यान दिन्छिन्। उनी आफ्नो फिगरलाई मेन्टेन राख्नका लागि धेरै मेहनत गर्छिन्। जसलाई उनले सामाजिक सञ्जालमा पनि सेयर गरिरहन्छिन्।
उनी आफूलाई फिट राख्नका लागि योगा गर्छिन्। उनको अनुसार योगाले दिमागलाई शान्त राख्नका साथै शरीरलाई फिट राख्छ। उनी एरियल योगा र सूर्य नमस्कार समेत गर्छिन्। र जिम पनि जाने गर्छिन्।
उनी आफ्नो दिनको सुरुवात २ गिलास पानी पिएर गर्छिन्। र कफी पिएर वर्कआउट गर्छिन्। नास्तामा अण्डाका साथै उनी ब्रेड खान रुचाउँछिन्। र लन्चमा उनी रोटी, हरियो सागसब्जी र सलाद खान्छिन्। र रात डिनरमा उनी सलाद र सुप पिउँछिन्।