अदालतकी कर्मचारी तामाङले हातपात गरेकाे भन्दै कानुन व्यवसायीद्वारा प्रदर्शन

शनि शाक्य

काठमाडौं

जिल्ला अदालत ललितपुरमा कार्यरत नायब सुब्बा प्रेमिका तामाङ र कानुन व्यवसायी अमिर लामिछानेबीचको विवाद थप चर्किएको छ। अदालतकी कर्मचारी तामाङले कानुन व्यवसायीलाई हातपात गरेको तर उल्टै कानुन व्यवसायी लामिछानेमाथि आरोप लगाइएको भन्दै कानुन व्यवसायी आन्दोलनमा उत्रिएका छन्। 

सोमबार नेपाल बार एसोसिएसनको आह्वानमा ललितपुर आदालतमा कानुन व्यवसायीले प्रदर्शन गरेका छन्। जिल्ला अदालत ललितपुरमा कार्यरत नायब सुब्बा तामाङमाथि कानुन व्यवसायी लामिछानेले असार १३ गते बुधबार हातपात गरेका थिए। 

लामिछानेको आक्रमणबाट तामाङको ओठमा समेत घाउ भएको थियो भने सर्ट च्यातिएको थियो।

प्रकाशित मिति: : 2023-07-03 12:53:00

प्रतिकृया दिनुहोस्