पाकिस्तानमा ‘व्यक्तिगत दुश्मनी’कारण एकै परिवारका चार जनाको हत्या 

बिएल संवाददाता

इस्लामाबाद
Symbolic photo- Agency
Symbolic photo- Agency

पाकिस्तानमा ‘व्यक्तिगत दुश्मनी’कारण एकै परिवारका चार जनाको हत्या भएको छ।

फैसलाबादको खुर्रियनवाला क्षेत्रमा ईद मनाउँदै गरेकाे समयमा एकै परिवारका चार व्यक्तिको हत्या भएको एआरवाई न्यूजले शुक्रबार जनाएको छ।

व्यक्तिगत दुश्मनीकाे कारण उनीहरूकाे गोली हानी हत्या गरिएकाे बताइएकाे छ। जसमा एकै घरका बाबु, छोरी र दुईजनाको ज्यान गएको छ। दुई महिलासहित तीन जना घाइते भएका छन्।

प्रहरीका अनुसार दुई दाजुभाइ इमरान र आमिर तथा परिवारका अन्य सदस्यहरू आफ्नी बहिनीसँग ईद मनाएर घर फर्किरहेका बेला गुजरात जिल्लाको तहसीलको करियानवाला नजिकै हतियारधारी आक्रमणकारीले कारमा आक्रमण गरेका थिए।

गोली लागेर आमिर र ६ वर्षीय बालकसहित तीन जनाको तत्कालै मृत्यु भएको थियो भने दुई महिलासहित चारजना घाइते भएका थिए। घाइते र शवलाई अस्पताल लगिएकोमा थप एक बालकको मृत्यु भएको थियो। 

फैसलाबादका आरपीओ आबिद खानले हत्याको गम्भीर ध्यानाकर्षण गर्दै दोषीलाई तुरुन्तै पक्राउ गर्न आदेश दिएका छन् भने घटनाको विस्तृत रिपोर्ट माग गरेका छन्।

प्रकाशित मिति: : 2023-07-02 13:09:00

प्रतिकृया दिनुहोस्