सुरक्षा कारबाहीमा छ जना आतङ्कवादी मारिए

पाकिस्तानको सुरक्षा फौजले उत्तरी वजिरिस्तान र ट्याङ्क शहरमा आतङ्कवादीविरुद्ध गरेको सुरक्षा कारबाहीमा छ जना मारिएका सेनाको अन्तर सेवा सूचना निकाय आईएसपीआरलाई उद्धृत गर्दै एआरवाई न्यूजले जनाएको छ। 

उत्तरी वजिरिस्तान जिल्लाको रजमाक क्षेत्रमा भएको दोहोरो भिडन्तमा तीन जना आतङ्कवादी मारिएका तथा ट्याङ्क शहरमा शहरमा भएको झडपमा तीन जना मारिएका छन्। सेनाले दुवै स्थानमा शुक्रबार सुरक्षा कारबाही गरेको हो। सुरक्षा बलले झडप भएका दुवै स्थानबाट विभिन्न हातहतियार र गोला बारुद बरामद गरेको छ। 

सुरक्षा बल र निर्दोष नागरिकको हत्याका साथै आतङ्ककारी गतिविधिमा संलग्न   सक्रिय समूहलाई निष्क्रिय तुल्याउन सुरक्षा फौ क्रियाशील रहेको जनाइएको छ। 

आईएसपीआरले जारी गरेको विज्ञप्तिअनुसार बुधवार बाजौर र खैबरका आदिवासी जिल्लामा गरिएको त्यस्तै प्रकृतिको कारबाहीमा चार जना आतङ्कवादी मारिएका छन्। बाजौर जिल्लाको इनायत कल्ली क्षेत्रमा शफिउल्लाह नामक आतङ्कवादी रहेको आशङ्कामा सुरक्षा कारबाही सञ्चालन गरिएको थियो। 

प्रकाशित मिति: : 2023-07-02 05:47:00

प्रतिकृया दिनुहोस्