इद अल–अधाका अवसरमा अफगानिस्तानमा दुई हजारभन्दा बढी कैदी जेलमुक्त

अफगानिस्तानको सर्वोच्च अदालतले दुई हजार १७८ कैदीलाई इद अल–अधा अवसरमा रिहा गरिएको जनाएको छ।

कामचलाउ सरकारका सर्वोच्च नेता मौलवी हिबतुल्लाह अखुन्दजादाको आदेशका आधारमा बिहीबार ती कैदीलाई रिहा गरिएको अदालतले आफ्नो ट्वीटर पेजमा जनाएको छ। 

सो अवसरमा ४८९ कैदीबन्दीलाई कैद सजाय तोकिएको अदालतले जनाएको छ। यस वर्षको इद अल–फित्रको अवसरमा पनि दुई हजारभन्दा बढी कैदीलाई रिहा गरिएको थियो।

प्रकाशित मिति: : 2023-06-30 05:29:00

प्रतिकृया दिनुहोस्