यस्तो छ करिना कपूरको फिटनेशको ‘राज’!

filmfare.com/kareena kapoor
filmfare.com/kareena kapoor

बलिउडकी अभिनेत्री करिना कपूर खान आफ्नो स्टाइलको कारण चर्चित छिन्। उनी बलिउडकी सबैभन्दा फिट अभिनेत्रीमध्येकी एक हुन्। 

दुई जना छोराहरूलाई जन्म दिइसकेकी उनी फिटनेशको मामलामा प्रेरणा बनेकी छिन्। प्रेग्नेसीको समयमा मोटाएकी उनले आफ्नो तौल घटाएर सबै जनालाई चकित बनाएकी थिइन्। त्यसैले आज उनै अभिनेत्रीको फिटनेशबारे जानकारी गराउँदै छौँ। 

आफ्नो दिनको सुरुवात हेल्थ नास्ताबाट गर्नुहोस् 

करिनाको अनुसार आफ्नो दिनको सुरुवात हेल्थ नास्ताबाट गर्नुपर्छ। बिहाने उठेर व्यायम गर्नअघि पौष्टिक भोजन खानुपर्छ।

खानापछि कागती पानी पिउनुपर्छ 

कागती पानीमा बिरे नुन, चीनी, बेसार र अदुवा मिसाएर भोजनपछि खानुपर्छ। यसले दिउँसो लाग्ने अल्छिपनालाई टाढा भगाउँदछ। र बेसारले कपाल र छालालाई राम्रो राख्छ।

घरको खाना खानुपर्छ

दाल, चामल, ध्यू, खिचडी र हरियो सागसब्जीलगायत रोटी रातको खाना खानु उपयुक्त हुन्छ। यदी बेलुकाको खाना हेल्दी खाएमा निन्द्रा राम्रोसँग लाग्नका साथै शरीरलाई सन्तृष्ट लाग्दछ। शरीरलाई एक्टिफ लाग्नका लागि स्वास्थ्य राख्दछ। 

प्रकाशित मिति: : 2023-06-29 22:00:00

प्रतिकृया दिनुहोस्