सदावहार जवान देखिने मलाइका अरोडाको फिटनेशको ‘राज’ ! 

photo–malaika arora
photo–malaika arora

बलिउडकी अभिनेत्री मलाइका अरोडा आफ्नो फिटनेशको कारण चर्चित छिन्। उनी ४९ व र्षकी भइन्। तर उनको फिटनेश र शरीरले सबैलाई हैरान बनाइदिएको छ। उनी आफूलाई फिट राख्नका लागि धेरै मेहनत गर्छिन्।

 उनी आफ्नो दैनिकी रुटीनलाई ‘फ्लो’ गर्नका साथै एक्सरसाइज पनि गर्छिन्। त्योसँगै उनी योगा र मेडिटेशन पनि गर्छिन्। आफूलाई सदाबहार जवान राख्नका लागि आफूले गरेको तरिकाबारे उनी खुलेरै कुरा गर्छिन्।

यो हो मलाइका जवान देखिनुको ‘राज’ 

मलाइका अरोडा आफ्नो शरीरलाई फिट राख्नका दागि एक्सरसाइजका साथै रनिङ, स्वीमिङ र योगा गर्छिन्। त्यसका साथै उनी डाइटको योजना पनि गर्छिन्। मलाइकाको अनुसार उनी सबै खानेकुरा खान्छिन् तर लिमिटमा।

योगाबाट गर्छिन् दिनको सुरुवात 

मलाइका आफ्नो दिनको सुरुवात योगाबाट गर्छिन्। उनी आउटडोर एक्सरसाइज गर्नमा पनि रुची राख्छिन्। उनी दिनको एक घण्टा एक्सरसाइज गर्छिन्। 

एक लिटर पानी बिहान जरुरी

मलाइका अरोडा आफ्नो दिनको सुरुवात एक लिटर पानीबाट गर्छिन्। उनी पानीमा मह र कागती मिसाएर पिउँछिन्। त्यतिमात्र होइन उनी दिनभरि भरपूर्ण पानी पिउँछिन्। 

मलाइका अरोडाको ‘डाइट प्लान’

मलाइका आफ्नो शरीरलाई फिट राख्नका लागि कुनै डाइट फ्लो गर्दिनन्। उनी जस्तोसुकै खाना पनि खान्छिन्। तर उनलाई हेल्दी खानेकुरा खान मात्र मनपर्छ। उनी चिल्लो, पिरो र मैदानबाट बनेका परिकार खान रुचाउँदिनन्। यसको सट्टामा उनी ताजा फल, जुस र हेल्दी खाजा खान रुचाउँछिन्। लन्चमा उनी रोटी। चामल, सब्जी र चिकेन खाने गर्छिन्। एजेन्सीकाे सहयाेगमा 
 

प्रकाशित मिति: : 2023-06-27 22:10:00

प्रतिकृया दिनुहोस्