विद्रोहीको कब्जामा रहेको सिरियामा रूसी आक्रमणमा १३ जनाको मृत्यु

विद्रोहीको नियन्त्रणमा रहेको उत्तरपश्चिम सिरियामा आइतबार भएको रुसी हवाई आक्रमणमा कम्तीमा १३ जनाको मृत्यु भएको छ।

इदलिब क्षेत्रको जिस्र–अल–सुगुरमा रहेको फलफूल तथा तरकारी बजारमा दुई बालबालिकासहित कम्तीमा नौजना सर्वसाधारणको मृत्यु भएको छ।

बेलायतस्थित सिरियन अब्जर्भेटरी फर ह्युमन राइट्स समूहका प्रमुख रामी अब्देल रहमानले यसलाई यो वर्ष सिरियामा भएको सबैभन्दा घातक आक्रमण र नरसंहार भएको बताएका छन्।

राष्ट्रपति बसर अल असदको शासनलाई समर्थन गर्ने रुसी सेनाले गत हप्ता विद्रोहीले गरेको ड्रोन आक्रमणमा दुई बालबालिकासहित चार सर्वसाधारणको मृत्यु भएको अब्जरभेटरीले जनाएको छ।

पेसाले मजदुर रहेका ३५ वर्षीय साद फातोले एएफपीसँग कुरा गर्दै घाइतेको उद्धारका लागि आफूले सहयोग गरेको बताए।

‘रुसी गोलाबारुदहरू हामीमाथि वर्षा भयो,’ आक्रमणको समयमा उनी टमाटर र काँक्रो अनलोड गरिरहेका आफूले गाडीबाट टमाटर र काँक्रो भारिरहेको बताउँदै फातोले भने।

घटनास्थलमा रहेका एएफपीका एक संवाददाताले घटनास्थलबाट कालो धुवाँको मुस्लो उठेको र एम्बुलेन्स, साइरन बजाउँदै घाइतेलाई बजारबाट अस्पताले पुर्याएको देखेका थिए। सिरियाली राष्ट्रपतिलाई लामो समयदेखि विद्रोहीविरुद्धको अभियानमा सहयोग गर्दै आएको छ।

प्रकाशित मिति: : 2023-06-26 05:52:00

प्रतिकृया दिनुहोस्