भरतपुर महानगरद्वारा ६ अर्ब ३१ करोड बजेट विनियाेजन (पूर्णपाठ)

भरतपुर महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि ६ अर्ब ३१ करोड ७९ लाख ९० हजार रुपैयाँको बजेट ल्याएकाे छ।

आइतबार १३औं नगरसभामा उपमेयर चित्रशेन अधिकारीले आर्थिक वर्षका लागि महानगरको बजेट सार्वजनिक गरेका हुन्।

महानगरले आगामी वर्ष आन्तिरिक आय १ अर्ब ७५ करोड हुने प्रक्षेपण गरेको छ। अन्तरसरकारी वित्तीय हस्तान्तरणबाट १ अर्ब ८३ करोड ९९ लाख ७५ हजार, केन्द्र तथा बागमती प्रदेश सरकारको राजश्व बाँडफाँटबाट प्राप्त ५४ करोड ८० लाख १५ हजार, जनसहभागिताबाट ५० करोड, सडक बोर्ड नेपालबाट ३ करोड र बैंक मौज्दात १ अर्ब ६५ करोड रहने प्रक्षेपण गरिएकाे छ। 

प्रकाशित मिति: : 2023-06-25 13:43:00

प्रतिकृया दिनुहोस्