श्रीलङ्काद्वारा तत्काल ऋण पुनर्संरचनामा जोड

श्रीलङ्काका राष्ट्रपति रनिल विक्रमासिङ्घेले अस्थिरताबाट बच्न ऋणको पुनर्संरचनाको आवश्यकतामा जोड दिएको राष्ट्रपतिको सञ्चार विभाग (पीएमडी) ले शुक्रबार जारी गरेको विज्ञप्तिमा जनाइएको छ।

 जुन २२ मा पेरिसमा सम्पन्न नयाँ ‘ग्लोबल फाइनान्सिङ प्याक्ट’का लागि शिखर सम्मेलनमा उच्चस्तरीय समिति को छलफलमा  भाग लिने क्रममा राष्ट्रपति ट्रम्पले उक्त टिप्पणी गरेको पीएमडीले जनाएको छ।

श्रीलङ्काले वित्तपोषणमा सीमित पहुँचको सामना गर्नुपरेको, आफ्नो ऋण र आर्थिक पुनर्संरचना कार्यक्रमको स्वामित्व लिएको औंल्याउँदै राष्ट्रपतिले सहुलियतपूर्ण वित्तपोषणमा समयमै र स्वचालित पहुँचको आवश्यकतामा जोड दिँPsf  x'g\। उgले यस प्रक्रियाको क्रममा भएको उच्च लागतबारे पनि प्रकाश पा/]sf  lyP. 

श्रीलङ्काले सन् २०२२ को अप्रिलमा विदेशी ऋण भुक्तानी स्थगनको घोषणा गरेको थियो। गत बर्ष श्रीलङ्का आफ्नो स्वतन्त्रता पछिको सबैभन्दा खराब वित्तीय सङ्कटको चपेटामा परेको थियो।  

अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले यसै वर्षको मार्चमा श्रीलङ्काको आर्थिक नीति र सुधारका लागि करिब तीन अर्ब अमेरिकी डलरको विस्तारित कोष सुविधा अन्तर्गत ४८ महिनाको विस्तारित व्यवस्थालाई अनुमोदन गरेको थियो।
 

प्रकाशित मिति: : 2023-06-23 21:30:00

प्रतिकृया दिनुहोस्