करिश्मा कपूर ९० को दशककी चर्चित अभिनेत्री हुन्। भलै, उनी हिजोआज फिल्मी क्षेत्रमा सक्रिय छैनन् तर सामाजिक सञ्जालमा उनी निकै सक्रिय छिन्। उमेरले पाँच दशक पुग्न लागेकी करिश्मा आफ्नो फिटनेशको कारण कम उमेरकी देखिन्छिन्।
सुन्दरताको मामलामा उनले जवान अभिनेत्रीलाई पनि पछि पारेकी छिन्। त्यसको पछाडि उनको हेल्दी डाइट र वर्कआउट रुटीन हो। जसको बारेमा उनी अक्सर इन्टरव्यूमा जनकारी दिइरहन्छिन्।
उनी हेल्दी लाइफ स्टाइललाई फलो गर्छिन्। उनले अक्सर फिटनेशसँग जोडिएका कुराहरू फेन्ससँग सेयर गरिरहेकी हुन्छिन्। त्यसैले आज हामी उनको हेल्दी डाइटबारे जान्नेछौँ।
करिश्मा कपूरको डाइट प्लान
उनले एक इन्टरव्यूको क्रममा बताएकी थिइन्, उनी हेल्दी डाइटलाई फ्लो गर्छिन्। उनको अनुसार खानामा ध्यान दिनुपर्छ। ब्रेकफास्टमा अण्डा र पाउरोटी, लन्चमा सादा दाल चामल, रोटी–तरकारी खान्छिन्। उनी प्रत्येक दुई घण्टामा केही न केही खाइरहन्छिन्। उनी दिनकै एउटा फल खानका लागि सल्लाह दिनिछन्। त्यसैगरी उनी लौकालाई पनि आफ्नो डाइटमा लिन्छिन्।
डाइटमा राख्नुहोस् यो कुराको ख्याल
उनी दिनमा एक कप कालो कफी पिउछिन्। उनी आटाबाट बनेको रोटी खान्छिन्। उनी सधैं पेट भरिनेगरी हेल्दी खाना खान्छिन्। उनको अनुसार तौल घटाउनका लागि आफूलाई भोको राख्न जरुरी छैन। हेल्दी डाइट लिनुपर्छ तर पेटभरि खाना खानु जरुरी छ। ७–८ बजेसम्म डिनर खाइसक्ने उनी दुई घण्टाको अन्तरालमा सुत्छिन्।