कर फर्छ्यौट मुद्दामा चूडामणि शर्मासहित तीन जनालाई ९/९ वर्ष कैद

फाइल तस्विर
फाइल तस्विर

विशेष अदालतले भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका आन्तरिक राजस्व विभागका पूर्वमहानिर्देशक चूडामणि शर्मासहित तीन जनाविरूद्ध सजाय निर्धारण गरेको छ। कर फर्छ्यौट आयोगको अनियमितता प्रकरणमा दोषी ठहर शर्मासहित आयोगका तत्कालीन अध्यक्ष लुम्बध्वज महत, सदस्य उमेशप्रसाद ढकालविरूद्ध सजाय निर्धारण भएको हो।

मंगलबार विशेष अदालतका अध्यक्ष न्यायाधीश श्रीकान्त पौडेल, सदस्य न्यायाधीशहरू यमुना भट्टराई र शालिग्राम कोइरालाको इजलासले उनीहरूको सजाय निर्धारण गरेको हो।

जसअनुसार महतलाई ९ वर्ष एक महिना तथा ढकाल र शर्मालाई ९/९ वर्ष कैद सुनाएको छ। यस्तै इजलासले उनीहरूलाई चार अर्ब १० करोड ४६ लाख ९७ हजार ८९८ रूपैयाँ जरिवाना सुनाएको छ।

प्रकाशित मिति: : 2023-06-20 20:04:00

प्रतिकृया दिनुहोस्