यूएईमा ‘अबुधाबी म्युजिक धमाका’ हुँदै

आगामी जुलाई १ तारिख यूएईको राजधानी अबुधाबीमा आयोजना हुन लागेको वृहत् नेपाली सांगीतिक कार्यक्रम ‘अबुधाबी म्युजिक धमाका’ को प्रचारप्रसार तीव्र पारिएको छ।

नेपालका चर्चित राष्ट्रिय कलाकारहरुको उपस्थितिमा अबुधाबीमा आयोजना हुन लागेको यो कार्यक्रम कोभिड महामारीपछिको पहिलो वृहत् सांगीतिक कार्यक्रम हो।

अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (ईनास) अबुधाबी क्षेत्रीय समिति र हातेमालो समूहले आयोजना गर्न लागेको यस कार्यक्रमलाई भव्य रूपमा सम्पन्न गर्न आयोजकले यूएई भरी प्रचारप्रसार तीव्र बनाएको छ।

लोकप्रिय नेपाली कलाकारहरु यस कुमार, समीर आचार्य, नायिका नम्रता सापकोटा, हाँस्यकलाकार सुमन कार्की, गायिकाहरु अनु चौधरी, आगन्तुक खरेललगायतका कलाकारहरूको प्रस्तुति रहने कार्यक्रम आगामी जुलाई १ तारिख (असार १६ गते) अबुधाबीको फोल्कलोर थिएटरमा आयोजना हुँदैछ। कार्यक्रममा यूएईमा कार्यरत स्थानीय नेपाली कलाकारहरुको समेत प्रस्तुति रहने बताइएको छ।

मनोरञ्जन संगै नेपाली गीत/ संगीत तथा संस्कृतिको प्रवर्द्धनका लागि कार्यक्रम आयोजना गर्न लागिएको हातेमालो समूहका अध्यक्ष भोला ढकालले बताए। उनले यूएई भरिरहेका नेपालीहरुलाई कार्यक्रममा सहभागी हुन आग्रहसमेत गरेका छन्।

अबुधाबी बाहेकका राज्यहरूबाट कार्यक्रममा आउने दर्शकहरुका लागि आवश्यकताअनुसार निशुल्क यातायातको प्रबन्ध गरिने ढकालले जानकारी दिएका छन्। अहिले कार्यक्रमको प्रचारप्रसार संगै टिकट बिक्री भइरहेको छ।

प्रकाशित मिति: : 2023-06-20 11:54:00

प्रतिकृया दिनुहोस्