सेनासँगको झडपमा फिलिपिन्समा तीन संदिग्ध विद्रोही मारिए

फाइल तस्बिर
फाइल तस्बिर

फिलिपिन्सको सशस्त्र सेनाले शनिबार दक्षिणी फिलिपिन्समा भएको झडपमा तीन संदिग्ध विद्रोही मारिएको जनाएको छ।

अगुसान डेल नोर्टे प्रान्तको बुटुआन शहरको बाहिरी भागमा शुक्रबार न्यि पिपुल्स आर्मी (एनपिए) र सेनाबीच भीडन्त भएको थियो।

एनपिए विद्रोही सन् १९६९ देखि सरकार विरुद्ध लड्दै आएका छन्। तिनीहरूले ग्रामीण क्षेत्रमा आफ्नो आक्रमण केन्द्रित गर्ने गरेका छन्।

सैन्य तथ्याङ्कअनुसार एनपिएमा २,००० सदस्य छन् जुन सन् १९८० को दशकतिरभन्दा अहिले निकै कमजोर भएको छ।

प्रकाशित मिति: : 2023-06-18 06:47:00

प्रतिकृया दिनुहोस्