अफगानिस्तानमा आगलागी हुँदा कम्तीमा २०० पसलमा क्षति

बिएल संवाददाता

अफगानिस्तान

अफगानिस्तानको पश्चिमी हेरात प्रान्तको एक ठूलो बजारमा आगलागी हुँदा करिब २०० पसलमा क्षति पुगेको प्रान्तीय शिल्पकार युनियनका प्रान्तीय प्रमुख अब्दुल वादूद फैजादाले शनिबार बताएका छन्।

हेरात शहरको कास्र–ए–हेरात बजारमा स्थानीय समयानुसार शनिबार बिहान ३ बजे आगलागी भएको थियो। आगलागीमा परी साना ठूला गरी करिब २०० पसल र त्यहाँ रहेका सामानहरू जलेर नष्ट भएका छन्। 

“मुख्यतया लुगाफाटा र कस्मेटिक्स पसलहरू रहेको उक्त स्थानमा आगलागीका कारण करिब ११ करोड ६३ लाख अमेरिकी डलर बराबरको क्षति भएको प्ररम्भिक अनुमान गरिएको छ,” फैजादाले सिन्ह्वालाई भने।

प्रान्तीय प्रहरी प्रवक्ता अब्दुल लतिफ इन्साफका अनुसार शुक्रबार मध्यरातमा विद्युत चुहावटका कारण लागेको आगो केही घण्टाभित्रै दमकलका कर्मचारीले नियन्त्रणमा लिएका थिए।

“आगलागीबाट कुनै मानवीय हताहती वा क्षति नभएको तर स्थानीय व्यवसायीलाई ठूलो धनजनको क्षति भएको छ,” प्रवक्ता इन्साफकाले बताए। 

प्रकाशित मिति: : 2023-06-18 05:37:00

प्रतिकृया दिनुहोस्