शरीफ थप चार बर्षका लागि पीएमएल–एन को अध्यक्ष निर्वाचित

बिएल संवाददाता

इस्लामावाद

पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफ थप चार वर्षका लागि पाकिस्तान मुस्लिम लिग–नवाज (पीएमएल–एन) को अध्यक्षमा निर्वाचित भएका छन्। 

पाकिस्तानको मूलधारको सञ्चारगृह डनका अनुसार पीएमएल–एनको अध्यक्षमा सरिफ, उपाध्यक्षमा मरियम सरिफ र महासचिबमा अहसान इकबाललाई चयन गरिएको छ। 

पाकिस्तानका वर्तमान अर्थमन्त्री इशाक डार पीएमएल–एनको विदेश तथा अन्तर्राष्ट्रिय मामिलाको अध्यक्षमा निर्वाचित भएका छन्। 
पीएमएल–एनका अनलाइन सर्वोच्च नेता नवाज सरिफ र शहबाज सरिफले संयुक्त रूपमा दलको केन्द्रीय साधारण सभाको अध्यक्षता गरेका थिए।

 

सो अवसरमा प्रधानमन्त्री सरिफले आफ्ना दाजु नवाजको आगमनको पर्खाइमा आफूले पीएमएल–एनको साधारण सभा र आन्तरिक निर्वाचन स्थगित गरेको बताए।

उनले महाधिवेशनलाई सम्बोधन गर्ने क्रममा भूतपूर्व प्रधानमन्त्री इमरान खानमाथि कटाक्ष गर्दै खानले आफ्नो गलत उद्देश्यका लागि झुट र गलत प्रचार फैलाइरहेको र जनतालाई भ्रममा पार्ने काम गरिरहेको बताए। 

प्रकाशित मिति: : 2023-06-18 05:23:00

प्रतिकृया दिनुहोस्