भारतले भटमास तेल र सूर्यमुखी तेलको आयातमा भन्सार शुल्क घटायो

बिएल संवाददाता

नयाँ दिल्ली
फाइल तस्बिर
फाइल तस्बिर

भारत सरकारले बिहीबारदेखि लागू हुने गरी भटमास तेल र सूर्यमुखी तेलको आयातमा लाग्ने भन्सार शुल्कमा पाँच प्रतिशत कटौती गरेको छ।

तेलको आयातमा लाग्ने भन्सार शुल्क १७.५ प्रतिशतबाट घटाएर १२.५ प्रतिशतमा झारेको संघीय अर्थ मन्त्रालयअन्तर्गतको राजस्व विभागले जारी गरेको आधिकारिक सूचनामा उल्लेख छ।

भारतमा खाना पकाउने दुवै तेल मुख्यतया अर्जेन्टिना, ब्राजिल, युक्रेन र रूसलगायत देशबाट आयात हुने गरेको छ।

घरेलु माग पूरा गर्न र खाना पकाउने तेलको बढ्दो मूल्यलाई नियन्त्रण गर्न यी दुई उत्पादनहरूको थप आयातलाई अनुमति दिने उद्देश्यले यो कदम चालिएको हो। करिब छ महिनापछि भन्सार महसुलको दर पुनरावलोकन गरिएको थियो।

सूचनामा भनिएको छ, ‘सार्वजनिक हितमा त्यसो गर्न जरूरी छ। यो सूचना जून १५ देखि लागु हुनेछ।’

 इन्डियन एक्सप्रेसको एक समाचारमा विश्वको सबैभन्दा ठूलो वनस्पति तेल खरीदकर्ता भारतले प्रशोधित भटमास तेल र सूर्यमुखी तेलमा आधार आयात शुल्क घटाएको जनाइएको हो।

प्रकाशित मिति: : 2023-06-16 05:26:00

प्रतिकृया दिनुहोस्