बङ्गलादेशमा नागरिकको औसत आयु ७२.४ वर्ष

बङ्गलादेशको तथ्याङ्क विभागले सन् २०२२ मा बङ्गलादेशको औसत आयु ७२.४ वर्ष पुगेको जानकारी गराएको छ।

विभागले सार्वजनिक गरेको तथ्याङ्कअनुसार सन् २०२१ मा यो सङ्ख्या ७२.३ वर्ष रहेकोमा केही बढी भएको सरकारी निकायले मङ्गलबार आफ्नो बङ्गलादेश नमूना महत्वपूर्ण तथ्याङ्क २०२२ प्रतिवेदनमा उल्लेख गरेको छ।

प्रतिवेदनअनुसार सन् २०२१ मा ७०.६ वर्षको तुलनामा सन् २०२२ मा पुरुषको औसत आयु ७०.८ वर्ष पुगेको छ।    महिलाको औसत आयु सन् २०२१ मा ७४.१ वर्ष रहेकोमा सन् २०२२ मा बढेर ७४.२ वर्ष पुगेको छ। 

सन् २०२२ मा देशको समग्र शिशु मृत्युदर भने बढेको छ। सन् २०२१ मा पाँच वर्षमुनिका बालबालिकाको मृत्युदर प्रति हजारमा २८ रहेकोमा सन् २०२२ मा बढेर ३१ पुगेको छ।    यसका साथै एक वर्षमुनिका बालबालिकाको मृत्युदर पनि बढेको छ। 

कोभिड–१९ महामारीले विगत दशकमा यस क्षेत्रमा हासिल गरेका केही उपलब्धिलाई नास गरेको प्रतिवेदनमा उल्लेख छ।

प्रकाशित मिति: : 2023-06-15 06:13:00

प्रतिकृया दिनुहोस्