कुसुम गाैतमकाे गजल

कुसुम गौतम

म्यान्मा

कत्ति समस्याहरूका खात सजाएर
के बाँच्नू! जीवन खाली घात सजाएर।

एक क्षण हो परिआउने सबै कुरा
बरु प्रतीक्षा गर्छु प्रभात सजाएर।

हजारौँ भेटेँ सडकमा भौँतारिएका
सस्तोमा बेच्छन् जवानी, रात सजाएर।

के! दुखमा मात्र झर्ने हुन् यी आँसुधारा?
छल्किन्छन् भाव पनि सौगात सजाएर। 

खडेरी परेको छ सपना रोप्ने खेती
म रुझेकी छु प्रिय! बर्सात सजाएर।

प्रकाशित मिति: : 2023-06-10 15:06:00

प्रतिकृया दिनुहोस्