ब्याज दर थप घटाउने कसरत गर्दै श्रीलङ्का

श्रीलङ्काका एक मन्त्रीले आगामी महिनाहरूमा ब्याजदर थप घटाउने विचार गरिरहेको बताएका छन्। अर्थ राज्यमन्त्री शेहान सेमासिङ्घेले दक्षिण एसियाली मुलुकको अर्थतन्त्र स्थिर रहेको र ब्याजदर अझै घट्ने बताएका हुन्।

गत साता श्रीलङ्काको केन्द्रीय बैंक (सीबीएसएल)को मौद्रिक सकितिले स्थायी निक्षेप सुविधा दर र स्थायी ऋण सुविधा दरलाई २५० आधार बिन्दुले घटाएर क्रमशः १३ प्रतिशत र १४ प्रतिशतमा झार्ने निर्णय गरेको थियो। सेमासिङ्घेका अनुसार मुद्रास्फीति घट्दो क्रममा छ र ‘ट्रेजरी बन्ड’को ब्याज दर पनि घटेको छ।

बैङ्कले एक विज्ञप्ति जारी गर्दै भनेको छ, बजारको ब्याजदरमा आएको गिरावटले अनुमानित एकल अङ्कको मुद्रास्फीतिसँग मेल खाने छ। यसले निजी क्षेत्रलाई ऋण प्रवाह गर्न सहयोग पुग्नेछ र वित्तीय क्षेत्रमाथिको दबाब कम हुनेछ।

प्रकाशित मिति: : 2023-06-09 06:17:00

प्रतिकृया दिनुहोस्