प्रतिस्णा रेग्मी
सरकारले आर्थिक अभावका कारण अलपत्र परेको भरतपुरको गौतम बुद्ध अन्तर्राष्टिय क्रिकेट रंगशालाको निर्माण पूरा गर्ने वाचा गरेको थियो। कलाकारद्वय सिताराम कट्टेल र कुञ्जना घिमिरेद्वारा सञ्चालित ‘धुर्मुश–सुन्तली फाउण्डेशन’ले वि.सं. २०७५ मा निर्माण सुरु गरेको रंगशाला निर्माण सुरु भएको २ वर्षमा नै आर्थिक अभावमा अलपत्र परेको थियो। अलपत्र परेको २ वर्षपछि केन्द्र सरकार र भरतपुर महानगरपालिकाले निर्माण सम्पन्न गर्ने वाचा गरेको थियो।
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, हालका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायत विभिन्न दलका नेता, खेलाडी र खेलकुद प्रेमीहरुको उपस्थितिमा उद्घाटन भएको यो मैदानको निर्माण कार्य १८ करोड ऋणसहित अलपत्र अवस्थामा छ।
‘धुर्मुश–सुन्तली फाउण्डेसन’ले कुल ५४ करोड रकम खर्च गरेर केही प्रतिशत मात्र काम गरेर अब थप काम गर्न नसक्ने बताएर १८ कराेड ऋृणसहित हात निकालेको थियो। यो अवस्थामा रहेको रंगशालालाई सरकारले निर्माण गर्ने बताए पनि आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटमा भने समेट्न सकेन्। सरकारले मुलापनी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालालाई बजेटमा समेटेको छ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानलाई अन्तर्राष्ट्रियस्तरमा विकास गर्ने घोषणा गरेको छ। भने, विभिन्न जिल्लाका स–साना खेल मैदानमा लगानी गरेको छ। तर, यसपटक पनि देशकै ठुलो गौतम बुद्ध रंगशाला सरकारको छायामा पर्यो।
सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट भाषणमा खेलकुद क्षेत्रलाई कुल २ अर्ब ८६ करोड ५९ लाख रकम छुट्याएको छ। तर, यसमा गौतम बुद्ध अन्तर्राष्ट्रिय त्रिकेट रंगशालामा एक रुपैयाँ पनि बजेट विनियोजन भएन।
यद्यपि, बजेटमा धेरै रंगशालाहरुमा रकम विनियोजन भएको युवा तथा खेलकुद मन्त्रालयका प्रवक्ता कुमार दाहाल बताउँछन्। ‘रंगशालाहरु धेरैमा हामीले पैसा विनियोजना गरेका छौँ, रंगशालाहरुको प्रगति पनि हेर्नुपर्ने हुन्छ। कति वटा रंगशालामा योजना परे वा परेनन् भन्ने रातो किताब हेरेपछि मात्रै थाहा हुन्छ। जे होस् यसपटक सरकारले खेल मैदान निर्माण राम्रै बजेट विनियोजन गरेको छ,’ दाहालले भने।
सरकारले खेलकुद क्षेत्र र खेल मैदानमा ठुलो रकम छुट्याए पनि सरकारको बेवास्ताका कारण गौतम बुद्ध अन्तर्राष्ट्रिय रंगशालामा बजेट विनियोजन नभएको ‘धुर्मुश–सुन्तली फाउण्डेसन’का अध्यक्ष सिताराम कट्टेल बताउँछन्। ‘यसपटक सरकारले गौतम बुद्ध रंगशालाको लागि किन बजेट छुट्याएन भन्ने कुरामा म अनविज्ञ छु। समग्रमा भन्नुपर्दा गौतम बुद्ध रंगशालाको पूर्वाधार लगभग अन्तिम अवस्थामा छ, मैदानको काम ९५ प्रतिशत सकिसकेको छ, रंगशालाकै काम ३९ प्रतिशत सकिएको छ, प्याराफिटहरु पनि निर्माण भइरहेका छन्, अन्तिम अवस्थामा पुगिसकेको रंगशालालाई सरकारले प्राथमिकतामा नराख्नु त्यो दुःखको कुरा हो,’ कट्टेल भने।
निर्माण कार्य विवादमा परेका कारण गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा बजेट विनियोजन नभएको नेपाल क्रिकेट संघ (क्यान), बागमती प्रदेश समिति कोषाध्यक्ष अनिल अधिकारी बताउँछन्। ‘गौतम बुद्ध रंगशालालाई प्रधानमन्त्री प्रचण्डले प्राथमिकतामा राख्नुभएको थियो तर रंगशालका लागि बजेट नछुट्याउनुको कारण रंगशालाको पुरानो विवाद हो जस्तो लाग्छ।’
यता खेलकुद मन्त्रालयका प्रवक्ता दाहाल भने सरकारले यसअघि नै १२ करोड रकम राखेपलाई दिएको बताउँछन्। उनकाअनुसार सरकारले ‘धुर्मुश–सुन्तली फाउण्डेसन’लाई १२ करोड पैसा दिएर रंगशालाको स्वामित्व दिने निर्णय गरेको थियो। उक्त रकम राखेपले खर्च गरेको उनको भनाइ छ। ‘अलपत्र रंगशलामा त काम गर्न पर्यो नि, बजेट विनियोजन गरेको रंगशालामा राखेपाले खर्च गरेको छ। गत वर्ष मन्त्रालय राखेपालाई दिएको बजेटको १० प्रतिशत मात्रै खर्च गर्यो। बाँकी रकम खर्च भएको नै छैन। हामीले पैसा छुट्याएका छौँ, पैसा छुट्याउनु ठुलो कुरा होइन, काम नहुने समस्या चाहिँ ठुलो हो,’ उनले भने।
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
‘लकीरका फकीर’ होईन, मार्क्सवाद
प्रभु बैंकमा बद्मासी- सेटिङ गर्न पन्तले निकालिन् कर्मचारीको नाममा लाखौं पेश्की
रवि लामिछाने: जेलको चिसो कोठाबाट उठिरहेको नयाँ राजनीतिक ताप
प्रभु बैंककी ‘लेडी बोस्’– सीईओलाई प्रभावमा पारेर बन्दैछिन् डेपुटी, यसरी डुबाउँदैछिन् बैंक
प्रभुको बदमासीमा कुनकुन फाइलमाथि हुँदैछ अनुसन्धान? को–को तानिदैछन्?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया